• आइतबार, असोज ११ २०८३

निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीको क्षति, १ अर्ब बराबरको क्षति


बुधबार, असार २ २०७८
1.7K
Shares

पोखरा। कास्कीको मादी गाउँपालिका– १ स्थित मादी नदीमा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

निर्माणाधीन सुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनामा चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए।

साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम सम्पन्न हुने चरणमा थियो। ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु, इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको उनले बताए।

बाढीका कारण निर्माणाधीन सुपर मादीमा १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको अध्यक्ष ढुंगानाको दाबी छ ।

बाढीले करोडौं रूपैयाँको क्षति पुगेको उनको भनाइ छ । आयोजनामा काम गर्ने ३ सय भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा ल्याइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार