• आइतबार, असोज ११ २०८३

बुधबार थप २ हजार ८२८ मा कोरोना पुष्टि, ५२ जनाको मृत्यु


बुधबार, असार २ २०७८
625
Shares

काठमाडौं । बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ।

आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्।

४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार