गोरखा । सचेत युवा अभियानले गोरखा जिल्लाको पालुङटार नगरपालिकाको १ सय घरपरिवारलाई राहत वितरण गरेको छ ।
अभियानले नगरपालिकाको वडा १, २, ३, ४ र १० का गरी एक सय घरपरिवारलाइ राहत बितरण गरिएको र बाँकी अन्य वडामा पनि बितरण गरीने अभियानका संयोजक विकास भट्टराईले जानकारी दिए ।


निषेधाज्ञाका कारण समस्यामा परेको र अति बिपन्न परीवारलाई राहत वितरण गरिएको भट्टराईले बताए। माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका भट्टराई संयोजक रहेको यो अभियानले दैनिक उपभोग्य सामाग्री चामल, नुन, तेल, दाल वितरण गरेको थियो।
हामीहरू केही युवाहरु मिलेर सहयोग गरौ भनेर अभियान सुरू भएको र पछी त्यो अभियानमा अन्य व्यक्तिहरुले आर्थिक संगै खाद्यान्न समेत सहयोग गरेको उनले बताए । भट्टराई अन्य समयमा पनि सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
