काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा परेका ४२ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन्।

मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका—७ मा एक जना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। मृतकको पहिचान खुलिनसकेको उनले बताए।
उद्धार गरिएको मध्ये ३७ जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत् सिनो हाइड्रोका कर्मचारी रहेको अधिकारीले बताए।
यसैगरी, मेलम्चीको एक रिसोर्टमा फसेका दुई जना र घरको छतबाट दुई जनाको हेलिकप्टरले उद्धार गरेको छ।
प्रहरीका अनुसार अविरल वर्षाको कारण देशभरि बाढी—पहिरोले क्षति भएको छ।
