• आइतबार, असोज ११ २०८३

दरौदी उर्लिदा सेराफाँटको बाँध फुट्यो, सयौं रोपनी खेत डुबानमा


बुधबार, असार २ २०७८
1.5K
Shares

गोरखा । केहिदिनदेखिको लगातार बर्षातपछि दरौदी नदीमा आएको बाढीका कारण सेराफाँटको बाँध फुटेको छ ।

सिरानचोक गाउँपालिका ४ स्थित सेराफाटमा निर्माण सम्पन्न भएको डेढ सय मिटर र निर्माणाधिन ४ सय मिटर बाँध फुट्दा आसपासका करिब ५ सय रोपानी खेत डुबाएको स्थानीय गणेशकुमार श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए । ।

गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको सिमानामा पर्ने सो क्षेत्रमा मंगलबार साँझदेखि आएको बाढीले निर्माण सम्पन्न भएका र निर्माणाधिन बाँध फुटाएपछि आसपासका खेत पूर्ण रुपमा डुबाएको उनले बताए ।

बाढीले बाँध नजिकैबाट सिंचाइका लागि सिरानचोक गाउँपालिकाले ११ लाख लगानीमा भरखरै मात्र निर्माण सम्पन्न गरेको पक्कि कुलो समेत ध्वस्त बनाएकाे छ । त्यस्तै हाल दराैदी नदीकाे साविककाे धार नै परिर्वतन भई कुलाे रहेकाे क्षेत्रबाट नदी बगिरहेकाे स्थानीयले बताएका छन् ।

मंगलबार रातभरी बाढी आएर खेतबारीमा नष्ट पुर्याएपछि बुधबार बिहानै गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाका जनप्रतिनिधीले सो क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।

निरिक्षणमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रिता देवकोटा, वडा नम्बर ४ का वडाध्यक्ष दिपक हमाल लगायतको सहभागिता रहेको थियो ।

बाढीले गोरखा नगरपालिका क्षेत्रको जमिनमा भने सामान्य बाहेक हालसम्म खासै असर नगरेको मेयर पन्तले बताए । त्यस्तै बाढीकै कारण सिरानचोक गाउँपालिकामा भने बिभिन्न स्थानमा गरी करिब एक हजार रोपनी भन्दा बढी जमिनमा नोक्सानी पुगेको अध्यक्ष गुरुङले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार