• आइतबार, असोज ११ २०८३

सल्लेरीमा बूढीगण्डकी पस्दा ४ घर बगायाे, सेनाकाे बेस क्याम्पसहित ७ घर जाेखिममा


बुधबार, असार २ २०७८
710
Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । मंगलबार राती बूढीगण्डकीमा आएकाे बाढी बस्तीमा पस्दा सल्लेरीका ४ घर बगाएकाे हाे ।

लगातारको वर्षापछि मंगलबार राति सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, लक्ष्मण गुरुङ र थर्पनी गुरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले जानकारी दिए । त्यस्तै साेही स्थानका अन्य ७ घर समेत उच्च जाेखिममा रहेकाे बताइएकाे छ ।

बस्ती कटान हुन थालेपछि स्थानीय बासिन्दाले घर छाडेका छन् । सल्लेरीमा २७ घरधुरी छन् ।

सल्लेरीमै लार्के सडकको ट्रयाक खोल्ने सेनाको निर्माण कार्यदलको बेसक्याम्प पनि जोखिममा गरी हाल सेनाकाे टाेली एक नीजि घरमा सरेकाे डीएसपी दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार