गोरखा । मंगलबार आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलाले बगाएर बेपत्ता भएका गोविन्द चौधरीको शव फेला परेको छ ।
बर्दिया राजापुर नगरपालिका–७ घर भएका ३८ वर्षीय चौधरीको शव मान्द्रेथोकमा ढुङ्गाको चेपमा बुधबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।
ट्रक मर्मतको कामका लागि गोरखा वस्दै आएका चौधरी कटुन्जे जाँदै गर्दा मंगलबार विहान ठाडो खोलाको भेलले वगाएर बेपत्ता भएका थिए ।