• बिहिबार, साउन १४ २०८३

गोरखाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु


बुधबार, असार २ २०७८
580
Shares

गोरखा । कोरोना संक्रमणका करण गोरखाका थप एक पुरुषको मृत्यु भएको छ ।

शहिद लखन गाँउपालिका —७ का ६४ वर्षीय पुरुषको आज उपचारको क्रममा मृत्यु भएको हो । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा जेठ १३ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पछि उनलाई उपचारका लागी गोरखा अस्पताल ल्याएकोमा थप उपचारका लागी भनेर अस्पतालले काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल रेफर गरिएको थियो ।

नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार