
गोरखा । आँपपिपल अस्पताल स्तरोन्नती हुने भएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजानिक गरेको बजेटमा उक्त अस्पताललाई ५० शैयामा रुपान्तरण गर्ने उल्लेख गरिएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट भाषण गर्दै पालुङ्टार नगरपालिका ३ मा अबस्थित अस्पताललाई आसपासका स्थानीय तहसँगको समन्वयमा ५० शैयामा रुपन्तरण गर्ने घोषणा गरेका हुन । यसैगरी पालुङ्टार नगरपालिकाको च्याङ्लीमा संग्रहालय बनाउनको लागि पनि बजेट बिनियोजन गरिएको छ । कुमाल जातीको धर्म र संस्कृतीको जर्गेना गने उदेश्यले संग्राहालय निर्माण गर्न लागिएको बजेट भाषण मार्फत मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
यसैगरी उत्तरी गोरखाको रुइला भञ्ज्याङ्ग जोड्ने सडक निर्माणलाई निरन्तरता दिइने उनले बताए । उक्त सबै कार्यक्रमका लागि कति बजेट विनियोजन भएको छ भन्ने बारेमा भने खुलाइएको छैन ।
जिल्लाका सबै स्थानीय तहको केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने, जिल्लाका रणैनीतिक महत्वका सडक निर्माण गर्ने, एक निर्वाचन क्षेत्र एक सडक निर्माण गर्ने लगायतका योजनामा पनि बजेट बिनियोजन गरिएको छ ।
एक घर एक धारा कार्यक्रम, पर्यटन प्रर्वद्धनका लागि होमस्टे निर्माण कार्यक्रम, उत्तरी गोरखामा स्याउ खेति बिस्तार कार्यक्रम लगायतका योजना पनि बजेटले निरन्तरता दिइएको छ । समग्रमा बजेटले स्वास्थ्य क्षेत्रलाई बिशेष जोड दिएको छ । नेपाल सरकार र स्थानीय सरकारसँगको समन्वयमा कोरोना रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउने, संक्रमितको उपचारमा जोड दिनुका साथै गण्डकी प्रदेशबासी सर्वसाधरणलाई यथाशिघ्र खोप लगाउन विशेष भुमिका खेल्ने बताइएको छ ।
यसै वीच गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा पनि गरेका हुन । गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पु¥याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
गण्डकी प्रदेश सरकारले आगामी आवका लागि समग्रमा ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । जसअन्र्तगत चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको मुख्यमन्त्री पोखरेलले बताए । यो कुल बजेटको ५५ दशमलव ७ प्रतिशत हुन आउँछ ।