• आइतबार, असोज ११ २०८३

रोनाल्डोको कीर्तिमानी गोल, पोर्चुगल ३-० ले विजयी


बुधबार, असार २ २०७८
630
Shares

काठमाण्डौ । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे । पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो ।

खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिन खेलाडी बनेका छन् ।

यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी बनेका छन् । लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीसमेत बनेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पार्दै गोल संख्या ११ पुर्‍याए ।

ग्रुप अफ डेथमा रहेको पोर्चुगलले पहिलो खेल जित्दै ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार