काठमाण्डौ – युरोकपकमा गए राति भएको खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ ।
जर्मनीको घरेलु मैदानमा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हराएको हो ।
खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । त्यो नै फ्रान्सको जितको लागि पर्याप्त भयो ।
खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गोल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो । खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो ।
ग्रुप अफ डेथको रुपमा रहेको समूह एफमा यस जितपछि फ्रान्सले ३ अंक जोडेको छ ।