काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनीहरुलाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरेको हो ।
चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।