• बिहिबार, साउन १४ २०८३

गोरखामा मंगलबार थप २२ जनामा कोरोना संक्रमण


मंगलबार, असार १ २०७८
560
Shares


गोरखा । गोरखामा आज (मंगलबार) थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार जिल्लाको पाँच पालिकामा गरी आज थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट एक सय १६ जनाको परिक्षण गरीएको मध्ये २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गोरखाले जनाएको छ ।

संक्रमित मध्ये गोरखा नगरपालिकामा १० जना, आरुघाट गाँउपालिकामा ४ जना, गण्डकी गाँउपालिकामा २ जना रहेका छन् । यसैगरी धार्चे र आजिरकोटका ३र३ जनामा पनि आजै संक्रमण पुष्टि भएको हो ।

हाल सम्म जिल्लामा ३ हजार ७ सय ७८ जनामा संक्रमण पुष्टि भएको मध्ये २ हजार ८ सय २२ जना निको भइसकेका छन् भने २२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

अहिले जिल्लामा कोरोनाका ९ सय ३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार