गोरखा । गोरखामा लगातार २४ घण्टादेखि परिरहेको अविराल वर्षासँगै आएको बाढीले काठेपुल बगाएको छ ।


चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टेखोलाको फड्के बाढीले बगाएको हो । फड्के आज (मंगलबार) साँझ पाँचबजे बाढीले बगाएको स्थानीय सुजन गुरुङले जानकारी दिए ।
चुमनुब्री गाउँपालिकाका बासिन्दा आवतजावत गर्ने मूख्यबाटोमा पर्ने घट्टेखोलाको फड्के बगाएपछि स्थानीयबासीलाई आवतजावत समस्यामा परेका उनले बताए ।
पुल बगाएपछि घट्टेखोलालगायत यसभन्दा तल सिर्दिबास, सल्लेरी, जगतका बासिन्दा गाउँपालिकाको केन्द्र फिलिम आउनजान पनि समस्या भएको उनले बताए ।
