गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा पनि गरे ।