• आइतबार, असोज ११ २०८३

अबको तीन दिन देशैभर पानी पर्ने : पूर्वतयारीमा जुट्न निर्देशन


मंगलबार, असार १ २०७८
555
Shares

आज गण्डकीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।

देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताए । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् उनकाे भनाई छ। अहिले गण्डकीकाे गोरखासहित अधिकांश जिल्लाका साथै प्रदेश-२, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।

लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि गोरखासहित ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ ।

जनशक्ति आकलन, खोज, उद्धार गर्न अवश्यक सामग्रीको जोहो तथा यस्ता सामग्री अपुग भए माग गर्न पनि प्राधिकरणले भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार