• बिहिबार, साउन १४ २०८३

गोरखामा आज ३३ जना संक्रमित थपिए, १ जनाको मृत्यु


सोमबार, जेष्ठ ३१ २०७८
825
Shares

गोरखा । गोरखामा सोमबार ३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा गरी ३३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकृ नवराज खड्काले सिभिलखबरलाई बताए ।

आज थपिएका संक्रमितमध्ये पालुङटार नगरपालिकाका १४ पुरुष र ८ महिला गरी २२ जना रहेका छन् । जसमा वडा नम्बर ५ का ११ र वडा नम्बर ६ का ११ जना रहेको खड्काले बताए । यसैगरी सिरानचोक गाउँपालिका ८ मा ११ जना संक्रमित थपिएका छन् । जसमा ७ जना पुरुष र ४ जना महिला रहेको बताइएको छ ।

यसैगरी गोरखामा कोरोना भाइरसको संक्रमणबाट पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिकाको जौवारी घर भएका पूर्व गाविस अध्यक्ष पूर्णबहादुर गुरुङको गएराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

जौवारीमा यही जेठ ९ गते गरिएको एन्टिजेन परीक्षणका क्रममा गुरुङमा कोरोना पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टी भएसंगै स्वास्थ्यमा समस्या देखिदै गएपछि उहाँलाई उपचारका लागि काठमाण्डौंको सहिद गंगालाल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममै मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार