काठमाडौं । कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् ।
उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले जनाएको छ ।
खोपको व्यवस्था गर्न डिपो तथा केन्द्रिय कार्यालयबाट पहल भइरहेको भन्दै आन्दोलन रोक्न आग्रह गरेपनि दोस्रो दिन पनि अवरुद्ध गरेका हुन । खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ ।
अमलेखगन्ज र थानकोटमा गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको छ ।