काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।
यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ ।
भने बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।
महामारीका कारण बैंक तथा वित्तीय संस्थाले आलोपालो र कोटा प्रणालीअनुसार शाखा खोल्दै आएका थिए । यसरी आलोपालोअनुसार शाखा खोल्दा सेवाग्राहीको अत्यधिक भिडभाड भएको र यसले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै आलोचना भइरहेको छ ।