• आइतबार, असोज ११ २०८३

एसइईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी


सोमबार, जेष्ठ ३१ २०७८
745
Shares

यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसइईका नतिजा साउन १५ सम्म आइसक्ने र भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुने जानकारी दिए। साउन १५ सम्ममा नजिता सार्वजनिक गर्न बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार