• आइतबार, असोज ११ २०८३

विश्वको सबैभन्दा ठूलो परिवार का घरमुलीको निधन


सोमबार, जेष्ठ ३१ २०७८
1.5K
Shares

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ ।

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले जनाएको छ ।

मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् ।

चानाको परिवारमा दैनिक झन्डै ४५ किलो चामल, ४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा, ६० किलो तरकारी र २० किलो फलफूल खपत हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार