काठमाडौँ — इजरायलको नयाँ प्रधानमन्त्री यामिना पार्टीका नेता नेफ्टाली बेनेट बनेका छन् । योसँगै १२ वर्षदेखि इजरायली सत्तामा रहेका बेन्यामिन नेतान्याहु विपक्षमा पुगेका छन् ।
आइतबार इजरायली संसद्मा भएको मतदानमा विश्वासको मत प्राप्त गरेपछि उनले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण पनि गरिसकेका छन् ।
बेनेटले नेतान्याहुलाई एक भोटले हराए । बेनेटको विपक्षी गठबन्धनले ६० भोट प्राप्त गर्दा नेतान्याहुले ५९ सांसदको समर्थन प्राप्त गरे । नेतान्याहु सरकारमा नरहे पनि दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख र इजरायली संसद्मा प्रमुख प्रतिपक्षी नेताको भूमिकामा हुनेछन् ।