काठमाडौं । ब्राजिलले ४७ औं संस्करणको कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।
ब्रासिलियामा भएको खेलको २३औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
६४औं मिनेटमा नेमारले पेनाल्टीमार्फत गोल गरे भने ८९औं मिनेटमा बारबोसाले गोल गरे ।