• आइतबार, असोज ११ २०८३

ठिगुरेश्वाँरामा २ करोड बढी लगानीमा खानेपानी, असार मसान्तभित्र घरघरमा पु¥याइने


सोमबार, जेष्ठ ३१ २०७८
535
Shares

गोरखा । गोरखाको ठिगुरेश्वाँरामा २ करोड भन्दा बढी लगानीमा खानेपानी आयोजना निर्माण भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ मा २ करोड १३ लाख रुपैया लगानीमा ठिगुरेश्वाँरा पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको लगानीमा सो क्षेत्रका २ सय २५ घरधुरीमा खानेपानी पु¥याउने उदेश्यले सो आयोजना निर्माण गरिएको हो ।

करिब ८ सय मिटर तल सिर्दिखोला मुहानबाट बोरिङ गरेर सो क्षेत्रमा घरैपिच्छे खानेपानी पु¥याउन लागिएको आयोजना अन्तरगतको उपभोक्ता समितिका सचिव शान्तसिं बस्न्यातले बताए । २०७३ सालबाट सुरु भएको सो आयोजनाको निर्माण कार्य यसै असार मसान्तसम्म सक्ने तयारी रहेको उनको भनाई छ ।

‘२०७३ सालमा संघिय सरकारको रकमबाट काम सुरु भयो, पछि प्रदेशले लगानी ग¥यो’ बस्न्यातले सिभिलखबरसंग भने ‘सिर्दिखोलाको मुहानको किनारमा १ सय ४० मिटर तलबाट बोरिङ गरेर निकालिएको खानेपानी हामी घरघरै पु¥याउदैछौ ।’

जसमा बोरिङ गरिएको स्थानमा ५० हजार लिटरको ट्यांकी निर्माण गरी त्याहाबाट ८ सय मिटर माथी लिफ्टिङ प्रणाली मार्फत वितरण ट्यांकीमा पानी पु¥याइएको छ । १ लाख लिटर पानी अट्ने क्षमताको वितरण ट्यांकीबाट शाखा पाइप लाइन मार्फत घरघरमा पानी पु¥याइने समितिका सचिव बस्न्यातले बताए ।

हालसम्म मुख्य ट्यांकी, वितरण ट्यांकी निर्माण, पाइपलाइन विस्तार, बोरिङ, बिजुली लगायतका काम सम्पन्न भइसकेको छ भने २ सय २५ घरधुरीमा एक घर एक धारा निर्माणको काम भइरहेको बताइएको छ । त्यस्तै शाखा पाइपलाइनबाट घरघरमा लाइन विस्तारको काम समेत थालिएको उनले बताए ।

तर काेराेना भाइरसकाे जाेखिम र निषेधाज्ञाका कारण केहि समय निर्माणकाे काम राेकिएकाले आयाेजनाकाे सम्पूर्ण काम सक्न भने केहि समय अझै लाग्न सक्ने बस्न्यातले बताए ।

घरैमा खानेपानी आउने भएपछि स्थानीय समेत खुसी छन् । ‘अहिलेसम्म कपनी धाराबाटै बोकेर पानी खाइरहेका थियौ, एक गाग्री पानी लिनपनि तछाडमछाड गर्नुपर्ने’ मन्सरी कुवँरले भनिन ‘अब सरकारी पानी घरैमा आउछ रे, त्यो आएपछि केहि सुविस्था हुन्छ होला ।’

तस्विर : निर्पेश श्रेष्ठ / सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार