• बिहिबार, साउन १४ २०८३

गण्डकीका बिभिन्न वडामा पोषणको अवस्था सुधार गर्ने सामाग्री बितरण


आइतबार, जेष्ठ ३० २०७८
900
Shares

गोरखा । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत गोरखाको गण्डकी गाँउपालिकाको वडा नं ७ र ८ मा गठन भएको मिलिजुली पोषण समुह र स्वास्थ्य पोषण समुहमा पोषणको अवस्था सुधार गर्ने उदेश्यले सामाग्री बितरण गरिएको छ ।

पानी शुद्धिकरण गर्ने फिल्टर, थर्मस, पानीको ड्रम, हिलट्यांक, मिक्चर, पिठो छान्ने जाली तथा तरकारीहरुको वीउ विजन वितरण गरिएको आयोजनाका क्लष्टर इकाई प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले जानकारी दिए । नेपाल सरकार कृषि मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको संचालन तथा युएन एफएओको प्राविधिक सहयोगमा उक्त सामग्रीहरु बितरण गरिएको हो ।

विश्व कृषि तथा खाद्य सुरक्षा कोष कार्यक्रमवाट प्राप्त आर्थिक सहयोग र विश्व वैकको सुपरिवेक्षणमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयवाट संचालन भइ रहको यस कार्यक्रममा यस वर्ष मात्रै गण्डकी गाँउपालिकामा २३ वटा पोषण समुहहरु गठन भई काम भइरहेको छ । क्लस्टर इकाई प्रमुख पण्डितका अनुसार गठन भएको २३ वटै पोषण समुहमा घरबारी पोषण बगंचा स्थापना कार्यक्रम अन्तर्गत तरकारी वीउ विजन वितरण कार्यक्रम संचालन भई रहेको र ९ वटा समुहमा साना अनुदान कार्यक्रम मार्फत प्रति समुह पाँच लाख भन्दा वढि आर्थिक प्रदान गरिएको बताए ।

कार्यक्रमा परियोजनावाट ८५ प्रतिशत अनुदान र १५ प्रतिशत रकम समुहले व्यवस्थापन गर्नु पर्ने कुरा क्लस्टर इकाइ गोरखाको सुचना अधिकारी तथा कृषि अधिकृत लेखराज ढकालले वताए । सुनौलो हजार दिनको आमा तथा गर्भवती महिलाहरुलाई समेटी समुह गठन गरिएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको लागि सेवा प्रदायक संस्था एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।
गण्डकी गाँउपालिका र वारपाक सुलीकोट गाँउपालिकामा संचालित यस कार्यक्रमले कृषि, पशु तथा पोषणको क्षेत्रमा विभिन्न गतिविधि संचालन गरीरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार