• आइतबार, असोज ११ २०८३

निषेधाज्ञामा होटल खोलेको आरोपमा ४ लाख जरिवाना


आइतबार, जेष्ठ ३० २०७८
605
Shares

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा काठमाडौं प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ ।

त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई जारी निषेधाज्ञामा होटल खोलेको भन्दै ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार