• बिहिबार, साउन १४ २०८३

आइतबार थपिए कोरोनाका २ हजार ४०७ संक्रमित, ३ हजार ९९४ निको भए


आइतबार, जेष्ठ ३० २०७८
555
Shares

काठमाडौं । आइतबार थप २ हजार ४०७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको जनाएको हो। पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो।

जसमध्ये काठमाडौं उपत्यकामा ६ सय ५३ जना संक्रमित थपिएका छन्। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

देशभर हाल ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय ११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

यीमध्ये १ हजार १ सय जनाको सघन कक्षमा उपचार भइरहेको छ। सघन कक्षकामध्ये ३ सय ४७ जना भेन्टिलेटर सहायतामा छन्।

हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५ सय ५४ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७ सय २५ जनाको परीक्षण भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार