• आइतबार, असोज ११ २०८३

काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा, पुस्तक र हार्डवेयर पसल खोल्न पाइने


आइतबार, जेष्ठ ३० २०७८
820
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा थप सहज बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ।

आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १ हप्ता निशेधाज्ञा थप गर्ने र पसल सञ्चालन गर्ने समय थप गर्ने निर्णय गरेको हो।

बैठकमा बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका खाद्यन्न पसल अब बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने, बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने, हार्डवेर पसल दिउँसो ४ बजेपछि खुल्ला गर्न पाइने त्यसैगरी अनलाइन डेलिभरी गर्न खुल्ला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार