• आइतबार, असोज ११ २०८३

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदै


आइतबार, जेष्ठ ३० २०७८
510
Shares

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को समूह चरणको खेल र इराकसँगको मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली आज आइतबार राति स्वदेश फर्किँदै छ।

राष्ट्रिय टोली २० दिनपछि स्वदेश फर्कन लागेको हो।

टोली आज बिहान ५ बजे कुवेतबाट नेपालको लागि प्रस्थान गरिसकेको छ। टोली त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा राति ९ बजे आइपुग्नेछ।

नेपाली टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी उतैबाट कतार गएका छन्। उनी एक सातापछि नेपाल फर्किनेछन्।

नेपाली टोली चार्टर्ड उडानमार्फत नेपाल आउन लागेको हो। घरेलु मैदानमा हुनुपर्ने छनोट खेल नेपालले कोरोना भाइरसको महामारीको कारण तटस्थ भूमिका रुपमा कुवेतमा खेलेको हो।

२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली जेठ ११ गते चार्टर्ड उडानमार्फत कतारको दोहा हुँदै इराकको बसरा पुगेको थियो।

टोलीको आउने जाने हवाइ खर्च विश्व फुटबल महासंघ (फिफा) ले व्यहोर्नेछ।

विश्वकप छनोट खेलअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। इराकविरुद्धको खेलबाट मनिष डाँगी र गौतम श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

मनिषले डेब्यु खेलमै गोल समेत गरेका थिए। आयुष घलान, कमल थापा र सुरज ज्यु ठकुरीले अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गरे।

नेपालले जेठ २० मा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो भने २५ गते जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग समान ३–० गोल अन्तरले पराजित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार