Flags of all members G7, meeting concept. 3D rendering
काठमाण्डौ । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनले गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना पास गरेको छ ।
विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ । जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई पूर्वाधार विस्तारमा सघाउने प्रतिबद्धता समेत जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताएका छन ।
अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभको विकल्पको रुपमा हेरिएको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले कयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।
जी-सेभेनले भने यसमार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको टिप्पणी गरेको छ ।