Modern metal handcuffs. Vector illustration in flat style
श्रीमतीलाई एसिड छ्यापेको आरोपमा रौतहटबाट एक जना पक्राउ परेका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका थिए।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले दीपकलाई शनिबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।
दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको छ। घरायसी बिबाद भएपछि श्रीमानले सुन पसलमा काम गर्दा प्रयोग गर्ने एसिडले छ्यापेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बायाँ हात र पेटमा एसिड परेको छ। दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।