काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि अरू १५ दिनसम्म थप्ने तयारी गरिएको छ। आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक दिउँसो २ बजे बस्दै छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले का अनुसार निषेधको नियम अहिलेभन्दा केही खुकुलो पार्ने तयारी भइरहेको बताएका छन्।
अबको निषेधाज्ञा विकास निर्माणका कामलाई थप प्राथमिकता दिने, बिहान ९ बजेसम्म खोल्न दिइएका खाद्यान्न तथा तरकारी पसल सञ्चालन अवधि अलि बढाउने तथा अन्य पसल पनि समय तोकेर खोल्न दिने यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड कडा रूपमा पालना गरी निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने दिने कि भन्नेमा पनि छलफल भइरहेको बताइएको छ ।