• आइतबार, असोज ११ २०८३

ओमानमा श्रमिकको सहजताका लागि दुतावासले घुम्ती सेवा दिने


आइतबार, जेष्ठ ३० २०७८
855
Shares

काठमाण्डौ । ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकको सहजताको लागि घुम्ती सेवा दिने भएको छ ।

ओमानमा रहेको नेपाली दूतावासका अनुसार आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक क्षेत्रमा बिहान ११ देखि बेलुकी पाँच बजेसम्म घुम्ती सेवा दिन लागिएको हो ।

कोरोना महामारीका कारण अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा भिसा, राहदानी नवीकरण लगायतका सेवा लिन नपाएका श्रमिकलाई उनीहरुकै क्षेत्रमा गएर सेवा प्रवाह गरिन लागिएको हो । बारेसानामा लगायत अत्यावश्यक कन्सुलर सेवा पनि प्रदान गरिने दूतावासले जनाएको छ ।

घुम्ती सेवाका लागि ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर पनि बुझ्न सकिने बताइएको छ । ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार