• आइतबार, असोज ११ २०८३

निषेधाज्ञामा यातायात मजदुरका झण्डै ४० लाख परिवार समस्यामा, १० लाख यातायात मजदुरको रोजगारी गुम्यो


आइतबार, जेष्ठ ३० २०७८
660
Shares

काठमाण्डौ । निषेधाज्ञामा यातायात मजदुरका झण्डै ४० लाख परिवार समस्यामा परेका छन ।

निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको र निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ ।

वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित बनेको र झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार