• आइतबार, असोज ११ २०८३

लुकाकुको दुई गोलसँगै बेल्जियमको विजयी सुरुवात


आइतबार, जेष्ठ ३० २०७८
680
Shares

काठमाडौं । युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।

रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३(० ले पराजित गरेको हो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो । बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे । जितसँगै समूह (बी) मा रहेको बेल्जियमले ३ अङ्क जोडेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार