गोरखा । गोरखामा रुखबाट खसेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको धार्चे गाँउपालिका—२ का १० वर्षीय साजन घलेको रुखबाट खसेर मृत्यु भएको हो ।

घर नजिकै चराको गुडँ हेर्न रुखमा चढेका घले खसेर करिब १५ फिट तल भिरमा पुगेका थिए ।
उनको उद्धार गरी गाँउघर क्लिनिकबाट थप उपचारका लागी गोरखा अस्पताल ल्याएको थियो ।
उपचारको क्रममा घलेको हिजोराती ९ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कामर्यालय गोरखाले जनाएको छ ।
