काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।


८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४ सय ९४ नमुना परीक्षणमा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ ।
जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ । उनीहरुमध्ये ६५ हजार ९ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

जसमध्ये १ हजार २०६ जनाको आईसीयू र ३ सय ७३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।