• आइतबार, असोज ११ २०८३

अवैध एक ट्याक्टर सालको काठसहित गोरखाका दुई जना प्रहरी नियन्त्रणमा


शुक्रबार, जेष्ठ २८ २०७८
525
Shares

गोरखा । अवैध रुपमा सालको काठ ओसारपसार गर्ने गोरखाका दुुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबाट प्रहरीले एक ट्याक्टर काठ समेत बरामद गरेको छ ।

जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ६२ वर्षीय वृद्धि कुमाल र २८ वर्षका चन्द्र बोटेलाई सालको काठसहित पक्राउ गरिएको डिएसपी प्रकाश दहालले जानकारी दिए ।

ग १ त ४६०१ नम्बरको ट्याक्टरमा २५ थान सालको गोलीया ढुवानी गर्दै गर्दा अस्थायी प्रहरी पोष्ट च्याङ्लीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुई जना मध्ये कुमाल काठ धनी रहेको डिएसपी दहालले बताए ।

पक्राउ परेका दुवै जनासहित बरामद गरिएको काठ र ट्याक्टर पनि डिभिजन बन कार्यालयमा बुझाएको उनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार