• आइतबार, असोज ११ २०८३

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फालेको आरोपमा गोरखाका एक पुरुष पक्राउ


शुक्रबार, जेष्ठ २८ २०७८
570
Shares

गोरखा । आफ्नी श्रीमतीलाई मस्र्याङ्दी नदीमा फ्याँकेको आरोपमा गोरखाका एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका ४४ वर्षीय रामहादुर कामीलाई पक्राउ गरेको हो ।

शुक्रवार बिहान पालुङटार र तनहुँ जोड्ने झोलुङ्गे पुलबाट तन्नामा बेरेर मान्छे फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सोधपुछको क्रममा कामीले बिहिवार राती श्रीमती अन्दाजी ३६ वर्षकी सम्झना रेग्मीको मृत्यू भएको र दाहासंस्कार गर्ने कोही नभएकाले आफुले शुक्रवार बिहान नदीमा फालेको बताएका छन् ।

उनीहरु दुबै जना उक्त झोलुङ्गे पुलको ओडारमा करिब डेढ महिना देखि बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए ।

नदीमा फालिएको भनिएकी सम्झनाको शवको खोजी गर्नका लागी प्रहरी टोली परिचालन गरिएको छ ।

कामीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी प्रकाश दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार