• बिहिबार, साउन १४ २०८३

शुक्रबार ३ हजार ७५० संक्रमित थपिदाँ ५ हजार २२५ कोरोनामुक्त भए


शुक्रबार, जेष्ठ २८ २०७८
570
Shares

काठमाडौं । शुक्रबार देशभर ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर र एन्टिजेन गरी यस अवधिमा कुल १५ हजार १ सय ८२ जनाको नमुना परीक्षण भएको थियो।

यस अवधिमा ५ हजार २ सय २५ जना कोरोनाबाट मुक्त भएका छन्। त्यस्तै थप ६७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यीसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ जना पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ कोरोनामुक्त भएका छन् । देशभर कोरोनाबाट हालसम्म ५ लाख २० हजार ८१६ जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार