• आइतबार, असोज ११ २०८३

भारतीय सेनाले नेपाली सेनालाई दियो २८ करोड ८० लाख बढीको स्वास्थ्य सामाग्री


शुक्रबार, जेष्ठ २८ २०७८
555
Shares

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरेको छ।

‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरे।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामाग्री जेठ २७ गते काठमाडौं आइपुगेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार