मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।
३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा उनी सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी थिइन ।
उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुननसकेर परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो ।
निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ ।
निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।