पोखरीमा डुबेर धनुषाका पाँच बालिकाको मृत्यु भएको छ ।
शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका—६ का बालिकाहरुको पोखरी पोखरीमा डुबेरमृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

बालिकाहरुको डुबेको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, दुई जनाको अझै खोजी भइरहेको छ। ’
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय पल्टु यादवकी १२ वर्षकी छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षकी छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षकी छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षकी छोरी ललिता साहको ज्यान गएको हो ।बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ ।
