• आइतबार, असोज ११ २०८३

प्रहरी भ्यानको ठक्करबाट एकको मृत्यु


शुक्रबार, जेष्ठ २८ २०७८
630
Shares


प्रहरीको भ्यानले ठक्कर दिंदा दाङमा एकजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा बिहीबार राति १२ बजेतिर भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भे १ प ८४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले ठक्कर दिँदा उछिट्टएिर विद्युतको पोलमा टाउको ठोक्किंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरीको उक्त नयाँ गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुलिनसकेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार