गोरखा । गोरखा अस्पतालमा कोरोना संक्रमणबाट गएराती एक वृद्धको मृत्यु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ५ का ७८ वर्षीय वृद्धको गएराती मृत्यु भएको हो।

कोरोना संक्रमण देखिएपछि बुधवार उपचारका लागि उनलाई गोरखा अस्पताल ल्याइएको थियो ।
गोरखा अस्पतालले उनलाई चितवन रिफर गरेको थियो तर परिवारले पुन गोरखा अस्पतालमा नै फिर्ता ल्याएका थिए ।

बिहीबार दिउँसो भर्ना भएको उनको राती उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
मृतकमा निमोनियाको समस्या समेत रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
