• आइतबार, असोज ११ २०८३

युरोकप आजदेखी, उद्घाटन खेलमा इटली र टर्की भिड्दै


शुक्रबार, जेष्ठ २८ २०७८
695
Shares

काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा इटली र टर्की भिड्दै छन ।

यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । इटली एक पटकको च्याम्पियन टिम हो भने टर्कीको उत्कृष्ट नतिजा सेमिफाइनलसम्म पुग्नु हो ।

इटली र टर्की युरोकपमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २००० मा भएको यरोमा इटलीले टर्कीलाई २-१ ले पराजित गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार