गोरखा । पालुङटारको बौद्ध हिमाल युवा क्लवले घरभाडा छुट अभियान संचालन गरेको छ ।

गोरखाको पालुङटार नगरपालिका वडा नं ५ को बौद्ध हिमाल युवा क्लबले कोरोना भाइरसका कारण ब्यापार ब्यवसाय बन्द भएको तथा ब्यापार ब्यवसाय बन्द गरी आय स्रोतको ढोका बन्द गरी बसेका ब्यवसायीहरुलाइ केही राहत पुग्ने भन्दै क्लबले घरभाडा छुट अभियान संचालन गरेको हो ।

क्लबले पालुङटार नगरपालिकाको केन्द्र वडा नं ५ को ठाँटीपोखरी बजार क्षेत्रका घराबेटीहरुलाई अनुरोध गरी आफ्नो घर भाडामा लिई व्यापार गर्दै आएका ३ दर्जन व्यवसायीको घरभाडा छुट गराएको हो ।
क्लबको पहलमा घरबेटीहरुले , १ महिना, २ महिना र केही प्रतिशत गरी ठाँटीपोखरी बजार क्षेत्रमा मात्रै ७ लाख माथिको घरभाडा छुट भएको क्लबले बताएको छ ।