
गोरखा । गोरखाका थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका एक महिलासहित थप तीन जना संक्रमितको मृत्यु भएको हो ।

निर्देशनालयको विज्ञप्ती अनुसार सिरानचोक गाँउपालिका—३ का ९२ वर्षीय पुरुषको जेठ २५ गते भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनमा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै २२ गते संक्रमण पुष्टि भएका आजिरकोट गाँउपालिका ५ का ६२ वर्षका पुरुषको जेठ २४ गते होम आइसोलेशनमा नै मृत्यु भएको हो ।

यसै गरी पालुङटार नगरपालिका ३ की ८० वर्षीया महिलामा जेठ २३ गते संक्रमण पुष्टि भई भरतपुर अस्पतालमा उपचारको क्रममा हिजो (बुधबार) मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
