काठमाडौं । बिहीबार नेपालमा कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।
यस अवधिम ५ हजार २ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५९ जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।
