गोरखा । जिल्लाको पाँच वटा स्थानीय तहमा आँउदो शनिबार विधुत अवरुद्ध हुने भएको छ ।


गोरखा नगरपालिकासहित पाँच स्थानीय तहमा शनिबार बिहान ७ बजेदेखी ३ बजे सम्म विधुत अवरुद्ध हुने भएको हो ।
नेपाल विधुत प्राधिकरणको गोरखा वितरण परिसरमा जडान भएको ६/८ एमभिए क्षमताको ट्रान्सफर्मर मर्मत गर्नका लागी विधुत आपुर्ति बन्द गर्न लागिएको वितरण केन्द्रले जनाएको छ ।
ट्रान्सफर्मर मर्मतको क्रममा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाँउपालिका, शहिद लखन गाँउपालिका र सिरानचोक गाँउपालिकाको अधिकंश क्षेत्रमा विधुत अवरुद्ध हुने गोरखा वितरण केन्द्रले जानकारी दिएको छ ।
